बालबालिका र किशोरकिशोरीका हकमा लागू हुने Family Link को गोपनीयतासम्बन्धी निर्देशिका
आफ्नो उमेर छनौट गर
६ देखि ८ वर्ष
९ देखि १२ वर्ष
१३ देखि १७ वर्ष
तिमी Google मा आफ्नो गोपनीयताका बारेमा जान्न चाहन्छौ?
तिमी सही ठाउँमा आएका छौ! बालबाललिकाले प्रायः सोध्ने गरेका "अभिभावकले मलाई Google का विभिन्न सेवाका सेटिङ मिलाउन तथा ती सेवाहरू सेटअप गर्न कसरी सघाउन सक्छन्", "Google ले के कस्ता जानकारी प्रयोग गर्छ" जस्ता प्रश्नहरूको जवाफ पढ।
अभिभावकलाई थाहा हुनु पर्ने कुरा: यो जानकारी १३ वर्ष (वा तपाईंको देशमा तोकिएको उमेर) मुनिका बालबालिकाका Family Link मार्फत व्यवस्थापन गरिएका Google खाताहरूमा मात्र लागू हुन्छ। तपाईं थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो गोपनीयतासम्बन्धी सूचना र गोपनीयता नीति पढ्नुहोस्।

मेरो खाता कसले नियन्त्रण गर्छ?
तिम्रा अभिभावक तिम्रो Google खाता व्यवस्थापन गर्नुहुन्छ। उहाँ Family Link एपका सहायताले तिम्रो खाता व्यवस्थापन गर्न सक्नुहुन्छ। तिमी ठुलो भएपछि आफ्नो खाता आफैँ व्यवस्थापन गर्न सक्छौ।
तिम्रा अभिभावक निम्नलगायतका कार्यहरू गर्न सक्नुहुन्छ:
तिम्रा अभिभावक निम्नलगायतका कार्यहरू गर्न सक्नुहुन्छ:
- तिम्रो खातामा साइन इन गर्न, तिम्रो खाताको पासवर्ड बदल्न वा तिम्रो खाता मेटाउन।
- तिम्रो फोन वा ट्याब्लेट लक गर्न।
- तिम्रो फोन वा ट्याब्लेट कुन ठाउँमा छ भनी हेर्न।
- तिमी कुन कुन एप चलाउन सक्छौ भन्ने कुरा तय गर्न।
- तिमी आफ्नो डिभाइसमा भएका एप चलाएर कति समय बिताउँछौ भन्ने जानकारी हेर्न।
- तिमीलाई Google Search, YouTube, वा Google Play जस्ता Google का केही एपहरूमा कुन कुन सामग्री हेर्न दिने भन्ने सेटिङ बदल्न।
- तिम्रा गतिविधिसम्बन्धी सेटिङ मिलाउन। (यी सेटिङका सहायताले तिमीले Google मा गर्ने गतिविधिसम्बन्धी जानकारी सेभ गर्ने कि नगर्ने भन्ने कुरा तय गरिन्छ।)
- तिम्रो डिभाइसमा भएका एपका सेटिङ मिलाउन र ती एपलाई कुन कुन अनुमति दिने भन्ने कुरा छनौट गर्न।
- तिम्रो नाम, जन्मदिन र तिम्रो खातासम्बन्धी अन्य जानकारी हाल्न र सच्याउन।
- तिमी Google Play जस्ता Google का केही उत्पादनमार्फत के कुरा डाउनलोड गर्न र खरिद गर्न सक्छौ भन्ने कुरा छनौट गर्न।
Google ले मेरो जानकारी किन र कसरी प्रयोग गर्छ?
हामी तिमीले वा तिम्रा अभिभावकले हामीलाई दिएका जानकारी (जस्तै, तिम्रो नाम र जन्मदिन) सेभ गर्न सक्छौँ। तिमीले हाम्रा एप र साइटहरू चलाउँदा पनि हामी तिम्रो जानकारी सेभ गर्छौँ। हामी यो जानकारी सुरक्षित राख्न कडा मेहनत गर्छौँ र हामी यो जानकारी विभिन्न प्रयोजनका लागि (जस्तै, Google का एप र साइटहरू अझ उपयोगी बनाउन) प्रयोग गर्छौँ।
हामीले तिम्रो जानकारी प्रयोग गर्न सक्ने केही तरिकाका बारेमा आफ्ना अभिभावकसँग मिलेर थप जान:
हामीले तिम्रो जानकारी प्रयोग गर्न सक्ने केही तरिकाका बारेमा आफ्ना अभिभावकसँग मिलेर थप जान:
- हाम्रा एप र साइटहरू सञ्चालन गर्न: जस्तै, तिमीले Google Search मा "कुकुरका छाउरा" खोज्यौ भने हामी तिमीलाई कुकुरका छाउरासम्बन्धी परिणाम देखाउका निम्ति तिम्रो जानकारी प्रयोग गर्छौँ।
- हाम्रा एप र साइटहरूको गुणस्तर सुधार गर्न: जस्तै, हाम्रा एप वा साइटमा कुनै समस्या आएका खण्डमा हामी उक्त समस्या समाधान गर्नका निम्ति यो जानकारी प्रयोग गर्छौँ।
- Google, हाम्रा प्रयोगकर्ता र सर्वसाधारणलाई सुरक्षित राख्न: हामी मान्छेहरूलाई इन्टरनेटमा सुरक्षित राख्नका निम्ति यो जानकारी प्रयोग गर्छौँ।
- नयाँ एप र साइटहरू बनाउन: हामी मान्छेले हाम्रा अहिलेका एप र साइटहरू कुन तरिकाले चलाउँछन् भन्ने जानकारी प्रयोग गरेर हामीले विकास गर्न सक्ने Google का नयाँ सामग्रीका बारेमा सुझावहरू प्राप्त गर्छौँ।
- तिमीलाई मन पर्न सक्ने कुराहरू देखाउन: जस्तै, तिमीलाई YouTube Kids मा जनावरसम्बन्धी भिडियो हेर्न मन पर्छ भने हामी तिमीलाई जनावरसम्बन्धी थप भिडियोहरू देखाउन सक्छौँ।
- तिमी हेर्दै गरेको साइट जस्ता कुराका आधारमा तिमीलाई विज्ञापन देखाउन।
- तिमीसँग सम्पर्क गर्न: जस्तै, हामी तिमीलाई म्यासेज पठाउनका निम्ति तिम्रो इमेल ठेगाना प्रयोग गर्न सक्छौँ। तिमीले नचिनेका मान्छेले पठाएका म्यासेज खोल्नुअघि उक्त म्यासेज खोल्न हुन्छ कि हुँदैन भनी आफ्ना अभिभावकलाई सधैँ सोध्ने गर।
म Google लाई कुन कुन जानकारी सेभ गर्न दिने भन्ने कुरा तय गर्न सक्छु?
अँ, तिमी Google ले तिम्रा के कस्ता जानकारी सेभ गर्न सक्छ भन्ने कुरासँग सम्बन्धित केही सेटिङ परिवर्तन गर्न सक्छौ। तिमीले गोपनीयतासम्बन्धी आफ्ना केही सेटिङ (जस्तै गतिविधिसम्बन्धी सेटिङ) परिवर्तन गर्यौ भने हामी तिम्रा अभिभावकलाई सूचित गर्ने छौँ। उहाँहरू पनि तिमीलाई तिम्रा गोपनीयतासम्बन्धी सेटिङ परिवर्तन गर्न मद्दत गर्न सक्नुहुन्छ।
तिमी र तिम्रा अभिभावक जुनसुकै बेला तिमी र तिम्रो Google खातासँग सम्बन्धित केही जानकारी हेर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ।
तिमी र तिम्रा अभिभावक जुनसुकै बेला तिमी र तिम्रो Google खातासँग सम्बन्धित केही जानकारी हेर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ।
तिमी Google मा आफ्नो गोपनीयताका बारेमा जान्न चाहन्छौ?
तिमी सही ठाउँमा आएका छौ! तिमी यहाँबाट तिमीले हाम्रा एप र साइटहरू चलाउने क्रममा Google ले कसरी जानकारी सङ्कलन तथा प्रयोग गर्छ भन्नेबारेमा जानकारी प्राप्त गर्न सक्छौ। साथै, यहाँ तिम्रा अभिभावकले तिमीलाई तिम्रा Google खाता र डिभाइसहरू व्यवस्थापन गर्न कसरी सघाउन सक्छन् भन्नेबारेमा पनि जानकारी दिइएको छ।
अभिभावकलाई थाहा हुनु पर्ने कुरा: यो जानकारी १३ वर्ष (वा तपाईंको देशमा तोकिएको उमेर) मुनिका बालबालिकाका Family Link मार्फत व्यवस्थापन गरिएका Google खाताहरूमा मात्र लागू हुन्छ। तपाईं थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो गोपनीयतासम्बन्धी सूचना र गोपनीयता नीति पढ्नुहोस्।
अभिभावकलाई थाहा हुनु पर्ने कुरा: यो जानकारी १३ वर्ष (वा तपाईंको देशमा तोकिएको उमेर) मुनिका बालबालिकाका Family Link मार्फत व्यवस्थापन गरिएका Google खाताहरूमा मात्र लागू हुन्छ। तपाईं थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो गोपनीयतासम्बन्धी सूचना र गोपनीयता नीति पढ्नुहोस्।
मेरो खाता कसले नियन्त्रण गर्छ?
अहिले तिम्रा अभिभावक तिम्रो Google खाता व्यवस्थापन गर्नुहुन्छ। तिमी आफ्नो खाता आफैँ व्यवस्थापन गर्न सक्ने उमेरको नभइन्जेल उहाँ Family Link एपका सहायताले तिम्रो खाता व्यवस्थापन गर्न सक्नुहुन्छ।
तिम्रा अभिभावक निम्नलगायतका कार्यहरू गर्न सक्नुहुन्छ:
तिम्रा अभिभावक निम्नलगायतका कार्यहरू गर्न सक्नुहुन्छ:
- तिम्रो खातामा साइन इन गर्न, तिम्रो खाताको पासवर्ड बदल्न वा तिम्रो खाता मेटाउन।
- तिमी कुन समयमा र कति समयसम्म आफ्ना डिभाइसहरू (जस्तै, फोन वा ट्याब्लेट) चलाउन सक्छौ भन्ने कुराको सीमा तोक्न।
- तिम्रो फोन वा ट्याब्लेट कुन ठाउँमा छ भनी हेर्न।
- तिमी कुन कुन एप चलाउन सक्छौ भन्ने कुरा तय गर्न।
- तिमी आफ्नो डिभाइसमा भएका एप चलाएर कति समय बिताउँछौ भन्ने जानकारी हेर्न।
- Google Search, YouTube वा Google Play जस्ता Google का केही एप र साइटहरूमा लागू हुने सामग्रीसम्बन्धी सेटिङ मिलाउन। यी सेटिङका सहायताले तिमीलाई कुन कुन सामग्री हेर्न दिने भन्ने कुरा तय गरिन्छ।
- तिम्रो खाताका गतिविधिसम्बन्धी सेटिङ (जस्तै, YouTube सम्बन्धी गतिविधिको इतिहास) मिलाउन। यसअन्तर्गत तिमीलाई यी सेटिङ मिलाउन रोक लगाउने कुरा पनि पर्छ।
- तिम्रो फोन वा ट्याब्लेटमा भएका एपहरूलाई दिइएका अनुमति (जस्तै, एपहरूलाई तिम्रो डिभाइसको माइक्रोफोन, क्यामेरा वा सम्पर्क ठेगाना प्रयोग गर्ने अनुमति दिइएको छ कि छैन भन्ने कुरा) समीक्षा गर्न।
- तिम्रो खातासम्बन्धी जानकारी (जस्तै, तिम्रो नाम, लैङ्गिक जानकारी वा जन्म मिति) हेर्न, बदल्न वा मेटाउन।
- Google का केही एप तथा साइटहरू (जस्तै, Google Play) मा तिमीले डाउनलोड र खरिद गर्न खोजेका सामग्री अनुमोदन गर्न।
Google ले मेरो जानकारी किन र कसरी प्रयोग गर्छ?
अधिकांश साइट र एपहरूले जस्तै हामी पनि तिमीले वा तिम्रा अभिभावकले हामीलाई सङ्कलन गर्ने अनुमति दिएका जानकारी (जस्तै, तिम्रो नाम र जन्म मिति) सङ्कलन गर्छौँ। साथै, तिमीले हाम्रा एप र साइटहरू चलाउँदा पनि हामी तिम्रो जानकारी सङ्कलन गर्छौँ। हामी यो जानकारी सुरक्षित राख्न कडा मेहनत गर्छौँ र हामी हाम्रा उत्पादनहरू तिम्रा निम्ति अझ उपयोगी बनाउने जस्ता कार्य गर्न यो जानकारी प्रयोग गर्छौँ। जस्तै, हामी निम्न प्रयोजनका लागि यो जानकारी सङ्कलन गर्छौँ:
- हाम्रा एप र साइटहरू सञ्चालन गर्न: जस्तै, तिमीले Google Search मा "खेलकुद" खोज्यौ भने हामी तिमीलाई खेलकुदसम्बन्धी परिणाम देखाउका निम्ति तिम्रो जानकारी प्रयोग गर्छौँ।
- हाम्रा एप र साइटहरूको गुणस्तर सुधार गर्न: जस्तै, हाम्रा एप वा साइटमा कुनै समस्या आएका खण्डमा हामी उक्त समस्या समाधान गर्नका निम्ति यो जानकारी प्रयोग गर्छौँ।
- Google, हाम्रा प्रयोगकर्ता र सर्वसाधारणलाई सुरक्षित राख्न: हामी ठगी पत्ता लगाउने र ठगी रोकथाम गर्ने जस्ता कार्य गरेर मान्छेहरूलाई इन्टरनेटमा सुरक्षित राख्नका निम्ति यो जानकारी प्रयोग गर्छौँ।
- नयाँ एप र साइटहरू बनाउन: हामी मान्छेले हाम्रा अहिलेका एप र साइटहरू कुन तरिकाले चलाउँछन् भन्ने जानकारी प्रयोग गरेर हामीले विकास गर्न सक्ने Google का नयाँ उत्पादनका बारेमा सुझावहरू प्राप्त गर्छौँ।
- तिम्रो रोजाइअनुसारका जानकारी उपलब्ध गराउन, अर्थात् हामीलाई तिमीलाई मन पर्न सक्छ भन्ने लागेका सामग्री देखाउन। जस्तै, तिमीलाई YouTube Kids मा जनावरसम्बन्धी भिडियो हेर्न मन पर्छ भने हामी तिमीलाई जनावरसम्बन्धी थप भिडियोहरू सिफारिस गर्न सक्छौँ।
- तिमी हेर्दै गरेको साइट जस्ता कुराका आधारमा तिमीलाई विज्ञापन देखाउन।
- तिमीसँग सम्पर्क गर्न: जस्तै, हामी सुरक्षासम्बन्धी कुनै समस्या भेटिएको खण्डमा तिमीलाई म्यासेज पठाउन तिम्रो इमेल ठेगाना प्रयोग गर्न सक्छौँ। तिमीले नचिनेका मान्छेले पठाएका म्यासेज खोल्नुअघि उक्त म्यासेज खोल्न हुन्छ कि हुँदैन भनी आफ्ना अभिभावकलाई सधैँ सोध्ने गर।
म Google लाई कुन कुन जानकारी सेभ गर्न दिने भन्ने कुरा तय गर्न सक्छु?
अँ, तिमी Google ले तिम्रा के कस्ता जानकारी सेभ गर्न सक्छ भन्ने कुरासँग सम्बन्धित केही सेटिङ परिवर्तन गर्न सक्छौ। उदाहरणका लागि, तिमी आफूले YouTube मा खोजेका वा हेरेका भिडियोसम्बन्धी विवरण आफ्नो Google खातामा सेभ नगरियोस् भन्ने चाहन्छौ भने तिमी YouTube सम्बन्धी गतिविधिको इतिहास अफ गर्न सक्छौ। तिमीले गोपनीयतासम्बन्धी आफ्ना केही सेटिङ (जस्तै गतिविधिसम्बन्धी सेटिङ) परिवर्तन गर्यौ भने हामी तिम्रा अभिभावकलाई सूचित गर्ने छौँ। उहाँहरू पनि तिमीलाई तिम्रा गोपनीयतासम्बन्धी सेटिङ परिवर्तन गर्न मद्दत गर्न सक्नुहुन्छ।
तिमी र तिम्रा अभिभावक जुनसुकै बेला तिमी र तिम्रो Google खातासँग सम्बन्धित केही जानकारी हेर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ।
तिमी र तिम्रा अभिभावक जुनसुकै बेला तिमी र तिम्रो Google खातासँग सम्बन्धित केही जानकारी हेर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ।
तिमी Google मा आफ्नो गोपनीयताका बारेमा जान्न चाहन्छौ?
तिमी यहाँबाट तिमीले हाम्रा एप र साइटहरू चलाउने क्रममा Google ले कसरी जानकारी सङ्कलन तथा प्रयोग गर्छ भन्नेबारेमा जानकारी प्राप्त गर्न सक्छौ। साथै, यहाँ तिम्रा अभिभावकले तिमीलाई तिम्रा Google खाता र डिभाइसहरू व्यवस्थापन गर्न कसरी सघाउन सक्छन् भन्नेबारेमा पनि जानकारी दिइएको छ।
यो जानकारी आफ्नो खाता आफै व्यवस्थापन गर्न पाउनका निम्ति तोकिएको न्यूनतम उमेर नपुगेका बालबालिका र किशोरकिशोरीका Family Link मार्फत व्यवस्थापन गरिएका Google खाताहरूमा मात्र लागू हुन्छ। तिमी यसका बारेमा थप जानकारी प्राप्त गर्न चाहन्छौ भने हाम्रो गोपनीयतासम्बन्धी सूचना र गोपनीयता नीति पढ।

मेरा अभिभावक मेरो खाता व्यवस्थापन गर्न सघाउन सक्नुहुन्छ?
तिम्रा अभिभावक तिम्रो Google खाताका विभिन्न सेटिङ मिलाउन Family Link एप प्रयोग गर्न सक्नुहुन्छ। तिम्रो डिभाइसका आधारमा उहाँ निम्नलगायतका कार्य गर्न सक्नुहुन्छ:
- तिम्रो खातामा साइन इन गर्न, तिम्रो खाताको पासवर्ड बदल्न वा तिम्रो खाता मेटाउन।
- तिमी कुन समयमा र कति समयसम्म आफ्ना डिभाइसहरू चलाउन सक्छौ भन्ने कुराको सीमा तोक्न।
- तिमीले साइन इन गरेका र चलाइरहेका डिभाइसका लोकेसन हेर्न।
- तिम्रो डिभाइसमा भएका एपहरू व्यवस्थापन गर्न र तिमी ती एप चलाएर कति समय बिताउँछौ भन्ने जानकारी हेर्न।
- Google Search, YouTube वा Google Play जस्ता Google का केही एप र साइटहरूमा लागू हुने सामग्रीसम्बन्धी सेटिङ मिलाउन। यी सेटिङका सहायताले तिमीलाई कुन कुन सामग्री हेर्न दिने भन्ने कुरा तय गरिन्छ।
- तिम्रो खाताका गतिविधिसम्बन्धी सेटिङ (जस्तै, YouTube सम्बन्धी गतिविधिको इतिहास) मिलाउन। यसअन्तर्गत तिमीलाई यी सेटिङ मिलाउन रोक लगाउने कुरा पनि पर्छ।
- तिम्रो डिभाइसमा भएका एपहरूलाई दिइएका अनुमति (जस्तै, एपहरूलाई तिम्रो डिभाइसको माइक्रोफोन, क्यामेरा वा सम्पर्क ठेगाना प्रयोग गर्न अनुमति दिइएको छ कि छैन भन्ने कुरा) समीक्षा गर्न।
- तिम्रो खातासम्बन्धी जानकारी (जस्तै, तिम्रो नाम, लैङ्गिक जानकारी वा जन्म मिति) हेर्न, बदल्न वा मेटाउन।
- Google का केही एप तथा साइटहरू (जस्तै, Google Play) मा तिमीले डाउनलोड र खरिद गर्न खोजेका सामग्री अनुमोदन गर्न।
Google ले मेरो जानकारी किन र कसरी सङ्कलन तथा प्रयोग गर्छ?
अधिकांश साइट र एपहरूले जस्तै हामी पनि तिमीले वा तिम्रा अभिभावकले हामीलाई सङ्कलन गर्ने अनुमति दिएका जानकारी (जस्तै, तिम्रो नाम र जन्म मिति) सङ्कलन गर्छौँ। साथै, तिमीले हाम्रा एप र साइटहरू चलाउँदा पनि हामी तिम्रो जानकारी सङ्कलन गर्छौँ। हामी यो जानकारी सुरक्षित राख्न कडा मेहनत गर्छौँ र हामी हाम्रा उत्पादनहरू तिम्रा निम्ति अझ उपयोगी बनाउने जस्ता कार्य गर्न यो जानकारी प्रयोग गर्छौँ। जस्तै, हामी निम्न प्रयोजनका लागि यो जानकारी सङ्कलन गर्छौँ:
- Google, हाम्रा प्रयोगकर्ता र सर्वसाधारणलाई सुरक्षित राख्न: हामी ठगी पत्ता लगाउने र ठगी रोकथाम गर्ने जस्ता कार्य गरेर मान्छेहरूलाई इन्टरनेटमा सुरक्षित राख्नका निम्ति यो जानकारी प्रयोग गर्छौँ।
- हाम्रा सेवाहरू उपलब्ध गराउन: हामी हाम्रा सेवाहरू उपलब्ध गराउन (जस्तै, तिमीले खोजेका शब्दहरूका आधारमा खोज परिणाम देखाउनका निम्ति ती खोज शब्दहरू प्रोसेस गर्न) यो जानकारी प्रयोग गर्छौँ।
- हाम्रा सेवाहरू चालू अवस्थामा राख्न र सुधार गर्न: जस्तै, हाम्रा उत्पादनहरूले जुन रूपमा काम गर्नु पर्ने हो सो रूपमा काम गर्न छाडेपछि हामी उक्त कुरा पत्ता लगाउन सक्छौँ। यसका साथै, हामी सामान्यतया गलत हिज्जे लेखिने खोज शब्दसम्बन्धी जानकारीका सहायताले हाम्रा विभिन्न सेवाहरूमा 'हिज्जे जाँच' सुविधाको गुणस्तर सुधार गर्न सक्छौँ।
- नयाँ सेवाहरू विकास गर्न: हामी यो जानकारीका सहायताले नयाँ नयाँ सेवाहरू विकास गर्न सक्छौँ। जस्तै, मान्छेहरूले आफ्ना फोटोहरू व्यवस्थापन गर्नका निम्ति Picasa (फोटोसम्बन्धी Google को पहिलो एप) कुन रूपमा प्रयोग गरे भन्ने जानकारीका सहायताले हामीले Google Photos एप डिजाइन गर्न र सार्वजनिक गर्न सकेका हौँ।
- तिम्रो रोजाइअनुसारका सामग्री उपलब्ध गराउन, अर्थात् हामीलाई तिमीलाई मन पर्न सक्छ भन्ने लागेका सामग्री देखाउन। जस्तै, तिमीलाई YouTube मा खेलकुदसम्बन्धी भिडियो हेर्न मन पर्छ भने हामी तिमीलाई खेलकुदसम्बन्धी थप भिडियोहरू सिफारिस गर्न सक्छौँ।
- तिमीले हेर्दै गरेको साइट, तिमीले खोजेका खोज शब्द वा तिमी बसोबास गर्ने सहर र राज्यका आधारमा तिमीलाई विज्ञापन देखाउन।
- पर्फर्मेन्स मापन गर्न: हामी पर्फर्मेन्स मापन गर्ने र मान्छेहरूले हाम्रा सेवाहरू कसरी प्रयोग गर्छन् भन्ने कुरा बुझ्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्छौँ।
- तिमीसँग सम्पर्क गर्न: जस्तै, कुनै शङ्कास्पद गतिविधि भएको पाइएमा तिमीलाई सूचित गर्न हामी तिम्रो इमेल ठेगाना प्रयोग गर्न सक्छौँ।
म Google लाई कुन कुन जानकारी सेभ गर्न दिने भन्ने कुरा कसरी तय गर्न सक्छु?
तिमी सेटिङमार्फत हामीलाई के कस्ता जानकारी सङ्कलन गर्न दिने र ती जानकारी के कस्ता प्रयोजनका लागि प्रयोग गर्न दिने भन्ने कुरा तय गर्न सक्छौ। उदाहरणका लागि, तिमी आफूले YouTube मा खोजेका वा हेरेका भिडियोसम्बन्धी विवरण आफ्नो Google खातामा सेभ नगरियोस् भन्ने चाहन्छौ भने तिमी YouTube सम्बन्धी गतिविधिको इतिहास अफ गर्न सक्छौ। तिमीले गतिविधिसम्बन्धी सेटिङ परिवर्तन गर्यौ भने हामी तिम्रा अभिभावकलाई सूचित गर्ने छौँ। आफ्ना गोपनीयतासम्बन्धी सेटिङका बारेमा थप जान
तिमी जुनसुकै बेला आफू र आफ्नो Google खातासँग सम्बन्धित केही जानकारी हेर्न र व्यवस्थापन गर्न सक्छौ।
तिमी जुनसुकै बेला आफू र आफ्नो Google खातासँग सम्बन्धित केही जानकारी हेर्न र व्यवस्थापन गर्न सक्छौ।